सिटिजन्स बैंकको हकप्रदमा कहिलेसम्म आवेदन दिन सकिन्छ ?
समयपोष्ट
२०७३ चैत ९ गते ६:३७
सिटिजन्स बैंक इन्टरनेशनलले २५ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले १सय रुपैयाँ अंकित दरका १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता शेयर जारी गर्न लागेको हो । लगानीकर्ताले १०० कित्ता बराबर २५ कित्ताको अनुपातमा शेयर भर्न पाउँछन् ।
चैत २४ गतेबाट जारी हुने शेयरमा बैशाख २७ गतेसम्म आवेदन दिन सकिन्छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । बैंकको शेयर फागुन २४ गतेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ।
प्रतिक्रिया