‘हुन्डार्इ फेसटिभ डिलाइट अफर’अन्र्तगत दुर्इ जनाले पाए गाडी
समयपोष्ट
२०७३ फागुन २० गते ८:१४
हुन्डार्इ गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेण्टलले दशै/तिहारको अवसर पारेर ल्याएको 'हुन्डार्इ फेसटिभ डिलाइट अफर' मा दुर्इ जनाले हुन्डार्इको गाडी पाएका छन् । कम्पनीले विहिवार गरेको लक्की ड्रमा क्रियटिभ टच ग्रार्मेन्ट र्इन्डस्ट्रिजले हुन्डार्इको इलार्इट आर्इ -२० र धरानका नेत्रबहादुर खड्काले क्रेटा पाएका हुन् ।
लक्की ड्रमा कन्जुमर आर्इकी अध्यक्ष विमला खनाल र मिस नेपाल अस्मी श्रेष्ठ सहभागी थिए । कम्पनीले भदौ १३ गतेदेखि कात्तिक २२ गतेसम्म गाडी किन्दा छुटसहित वम्पर उपहारमा हुन्डार्इको गाडी दिने योजना सार्वजनिक गरेको थियो ।योजना अनुसार हुन्डार्इ गाडीको खरीदमा ग्राहकले ६ लाख रुपैयाँसम्म छुट , एक वर्षको निशुल्क बिमा, १ सय जनाले एकएक तोला सुन पाएका थिए ।
प्रतिक्रिया