मंगलबार, १८ वैशाख २०८१

कुलमान घिसिङ ‘बेस्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर‘बाट सम्मानित

समयपोष्ट २०७३ फागुन १० गते ३:४०

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयरबाट सम्मानित गरिएको छ । 
नेपाल पूर्वाधार सम्मेलन–२०१७’मा परिसङ्घले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुयाएबापत घिसिङलाई सम्मान गरेको हो । 
 त्यसैगरी पूर्वाधार विकासमा उत्कृष्ट अवधारणा तयार गर्ने तीन जनालाई आइडिया स्टुडियोका तर्फबाट नगदसहित सम्मान  गरियो ।  यसरी सम्मानित हुनेमा काठमाडौँ उपत्यकामा मोनोरेलको आइडिया ल्याउने स्नेहा मेहतालार्इ  एक लाख र  द्रुतमार्गतर्फ निर्मला सुवाल र सुवास रिजालले पचास हजार रुपैयाँ पाए।परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलन सकिएको छ। सम्मेलनमा क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा सार्वजनिक–निजी साझेदारीका सफल नमुना, पूर्वाधारको अवस्था, लगानी वृद्धिका लागि आवश्यक वातावरण, पूर्वाधारको बजार, लचिलो वित्तीय व्यवस्था र हरित पूर्वाधारलगायत विषयमा छलफल भयो थियो।
 
नेपाल उद्योग परिसङ्घ ९सिएनआइ० मुख्य आयोजक तथा नेपाल सरकार र युवा निर्माण व्यवसायी समाज ९आइसिएनसी० सहआयोजक रहेको उक्त सम्मेलन विशेषगरी कृषि, ऊर्जा, यातायात र पूर्वाधारका विषयमा केन्द्रित भएको थियो ।  सम्मेलनबाट विकासका लागि आवश्यक लगानीको वातावरण निर्माण गर्नाका साथै दातृ निकायलाई लगानी अभिवृद्धि गर्न मद्दत पुग्ने आयोजकको भनाइ छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री