यसरी पड्कियो ठमेलमा अक्सिजन सिलिण्डर
समयपोष्ट
२०७५ भदौ २६ गते ६:३२
ठमेलको ज्याथामा सुनिलमान स्थापितको घरमा बिहान पौने चार बजे आगलागी भएको छ । पानी तान्ने क्रममा विजुली सट भएर आगलागी हुँदा ट्रेकिङको सामग्री लगायत जलेको र अक्सिजन ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ ।
बिहान पौने चार बजे ग्यास बिस्फोट भएपछि शुरु भएको आगलागी पौने पाँच बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।
आगलागीमा कुनै पनि मानवीय क्षति भने भएको छैन । भौतिक क्षतिको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया