ग्रेटर नेपालका अध्यक्षसंग किन तर्सियो सरकार ?
समयपोष्ट
२०७५ भदौ १४ गते ५:१९
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान उनलाई गौशालास्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीको हेटक्वाटरबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ग्रेटर नेपालको अभियान चलाउँदै आएका नेपाललाई यस अघि पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रहरीले तीन दिन थुनामा राखेको थियो।
प्रतिक्रिया