वैशाख १० गतेदेखि कक्षा ११ र १२ को परिक्षा
समयपोष्ट
२०७३ माघ १६ गते १०:४०
कक्षा १२ को परिक्षा आगामी वैशाख १० गतेदेखि शुरु हुने राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।
परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा १२ को परिक्षा वैशाख २२ गतेसम्म चल्नेछ । कक्षा ११ को परिक्षा भने वैशाख २४ गतेदेखि शुरु भएर जेठ तीन गतेसम्म चल्नेछ । त्यसअघि नै परिक्षार्थीले परिक्षाको फारम भरी सक्नुपर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया