मंगलबार, १८ वैशाख २०८१

स्विडेनको राजदरबारमा भुत आउँने खुलासा ,महारानी सिल्भिया भन्छिन्,’भुतले अहिलेसम्म हानी पुर्याएको छैन’

समयपोष्ट २०७३ पुष २२ गते ६:०७

स्विडेनको राजदरबारमा बारम्बार भूत आउने गरेको छ । राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भूत आउने गरेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथले बताएकी हुन् । सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको महारानी सिल्भियाले बताएकी छन् । ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भेट्न आइरहने गरेको भूतले ‘साँच्चिकै मित्रवत् व्यवहार गर्ने’ र सो भूतले अहिलेसम्म कुनै हानी नपुर्याएको  महारानी सिल्भियाले खुलासा गरेकी छन्

Advertisement

f। 

स्विडेनकी महारानी सिल्भिया

स्विडेनको एउटा सार्वजनिक टेलिभिजन प्रसारण एसभिटीले यस्तो भूतबारे काल्पनिक कथानक लघुचलचित्र निर्माण गरेको छ । उक्त कथानक लघुचलचित्रमा देखाइने भूतबारे टिप्पणी गर्दै महारानी सिल्भियाले भनिन् ‘दरबारमा धेरै भूतहरु छन्, तर नआत्तिनु होला, सो चलचित्रले तपाईंलाई राम्ररी मनोरञ्जन प्रदान गर्नेछ।' भूत बारम्बार भेट्न आउने गरेको महारानी स्वयम्लाई पनि अनुभव छ कि ? भनी सोधिएको एक प्रश्नको उत्तरमा सिल्भियाले 'पक्कै पनि छ, तर ती त मेरा साथीजस्तै भइसके' उनले मुस्काउँदै भनिन्। ड्रोट्निङगहोम निजी राजदरबारको मूल संरचना १६ औँ शताब्दिको अन्त्यतिर निर्माण गरिएको हो ।  पछि त्यसलाई नयाँ ढाँचामा पुनःनिर्माण तथा आधुनिकीकरण गरिएको थियो । महारानी सिल्भिया जर्मनीमा जन्मेकी र स्विडेनका वर्तमान सम्राट कार्ल गुस्ताभ १६ औँ सँग उनको विवाह भएको थियो । स्विडेनमा राजसिंहासनलाई अनुष्ठानिक राष्ट्रप्रमुख (सेरेमोनियल हेड अफ स्टेट) का रुपमा सम्मान गरिँदै आएको छ । 

ऐजेन्सि

प्रतिक्रिया

सम्बन्धित सामाग्री