सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एससिटी–युनियन पे कार्ड सेवा सुरु
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) को सहकार्यमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले SCT-UnionPay कार्ड सेवा सुरु गरेको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त यो बैंकले असोज २९, २०८२ देखि आफ्ना ग्राहकहरूलाई यो सुविधा उपलब्ध गराएको हो।
यो सेवाको सुरुवातसँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै SCT-UnionPay कार्ड प्राप्त गर्न सक्नेछन्। यसले डिजिटल भुक्तानीलाई अझ सहज, सुलभ र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
SCTले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत SCT-UnionPay कार्ड जारी गर्दै आएको छ। कम्पनीले आफ्नै कार्ड स्विचिंग संरचना ‘स्मार्ट स्विच’ मार्फत SCT-UnionPay कार्ड, VISA कार्ड, RuPay, MasterCard र Discover कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।
नेपालको पहिलो डोमेस्टिक कार्ड स्किमको रूपमा स्थापित SCTले विगत दुई दशकदेखि देशभर सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको छ। कार्ड सेवाका अतिरिक्त SCTले Smart QR, Smart Pay – IBFT (अन्तर बैंक भुक्तानी सेवा), Smart Banking (मोबाइल बैंकिङ) लगायतका डिजिटल सेवाहरू पनि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया