सोमबार, ३ कार्तिक २०८२

रिभर फल्स पावरले आजदेखि हकप्रद शेयर निष्काशन गर्दै, चुक्ता पूँजी १ अर्ब ४० करोड पुग्ने

समयपोष्ट २०८२ भदौ २३ गते ६:४८

Advertisement

रिभर फल्स पावर लिमिटेडले आज २०८२ भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरी ७० करोड रुपैयाँ संकलन गर्नेछ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले २०८२ साउन २६ गते बुकक्लोज गरेको थियो। तसर्थ, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले यो हकप्रद शेयरका लागि आवेदन दिन योग्य हुनेछन्। लगानीकर्ताले २०८२ असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालयका साथै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयर सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री