कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयर दिने निणर्य
समयपोष्ट
२०७३ पुष १४ गते ८:४९
कृषि बिकास बैंकले २० प्रतिशत बोनस शेयर दिने निणर्य गरेको छ । बिहिबार बसेको सञ्चालक समितिक बैठकले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने निणर्य गरेको हो । यससंगै कम्पनीले कर प्रयोजनकालागि १.०५३ प्रतिशत नगद समेत दिने भएको जनाएकाे छ । ५० प्रतिशत हकप्रद भरेका शेयरधनीले पनि २० प्रतिशत बोनस पाउने भएका छन् । बाेनस शेयर र हकप्रद शेयरपछि बैंककाे चुक्ता पूँजी ७ अर्व ७ कराेड नाघ्नेछ ।
प्रतिक्रिया