एनआईसी एशिया र एएसजी आई केयरबीच सहकार्य, आँखा उपचारमा १५% सम्म छुट
एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बीच आँखा उपचार सेवामा छुट दिने सहमति भएको छ। सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले डिजिटल भुक्तानी माध्यम प्रयोग गरी एएसजी आई केयरमा विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन्।
सहयोगको उद्देश्य बैंक ग्राहकहरूलाई गुणस्तरीय उपचारसँगै डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नु रहेको छ। सम्झौतापछि ग्राहकहरूले विशेषगरी मोतियाबिन्दु शल्यक्रियामा १५ प्रतिशत छुट, लेसर उपचार र मोतीबिन्दु परीक्षणजस्ता सेवामा १० प्रतिशत छुट तथा नयाँ ग्राहकहरूले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुट पाउनेछन्।
छुट प्राप्त गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्डमार्फत वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। बैंकले यस किसिमको सहकार्यबाट एकातर्फ डिजिटल भुक्तानी सेवाको पहुँच विस्तार हुने र अर्कातर्फ ग्राहकहरूको स्वास्थ्य उपचार थप सहज हुने विश्वास व्यक्त गरेको छ।
एनआईसी एशिया बैंकले हाल देशभर आफ्ना शाखा, एटीएम, कार्ड र मोबैंक एपको माध्यमबाट ग्राहकहरूलाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ। यस सहकार्यले विशेषगरी स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमको प्रयोगलाई अझ मजबुत बनाउने बैंकको भनाइ छ।
बैंकले यस्ता सहकार्यहरू भविष्यमा पनि अन्य स्वास्थ्य संस्था र सेवा प्रदायकसँग विस्तार गर्दै लैजाने योजना बनाएको जनाएको छ।
प्रतिक्रिया