माबिलुङ इनर्जीलाई आईपीओ निष्कासनको अनुमति
समयपोष्ट
२०८२ असार २ गते १२:५८
नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई असार १ गते अनुमति दिएको हो।
बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले आफ्नो जारी पूँजीको ४८.९९९८ प्रतिशत बराबरको आईपीओ सार्वजनिक गर्नेछ। उक्त अनुपातअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्न लागेको हो।
आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि खुला गरिनेछ। माबिलुङ इनर्जीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया