सोमबार, १९ जेठ २०८२

नेपाल प्रहरीद्वारा सर्वसाधारणका लागि नि:शुल्क बससेवा सञ्चालन

समयपोष्ट २०८२ जेठ १९ गते १३:१३

Advertisement

यातायात व्यवसायीहरूले सेवा अवरुद्ध गरेपछि नेपाल प्रहरीले आजबाट सर्वसाधारणका लागि नि:शुल्क बससेवा सञ्चालनमा ल्याएको छ। अत्यावश्यक यात्राका लागि सहज पहुँच सुनिश्चित गर्न प्रहरीले यो व्यवस्था गरेको हो।

नेपाल प्रहरीका अनुसार दुईवटा फरक रुटमा यो सेवा उपलब्ध गराइनेछ। प्रहरीको व्यवस्थापनमा सञ्चालन हुने यो सेवा सर्वसाधारण सबैका लागि खुला हुनेछ।

पहिलो रुट:
नक्साल-बालुवाटार-टिचिङ-चक्रपथ-नयाँ बसपार्क-बालाजु-स्वयम्भू-कलंकी-बल्खु-सातदोबाटो-लगनखेल-जावलाखेल-थापाथली-माइतीघर-पुतलीसडक-जयनेपाल

दोस्रो रुट:
नक्साल-रातोपुल-गौशाला-एअरपोर्ट-कोटेश्वर-ठिमी-सल्लाघारी-सूर्यविनायक-चाबहिल-सुकेधारा-चक्रपथ-टिचिङ-बालुवाटार

Advertisement

प्रहरीको यो कदमले आवश्यक गन्तव्यमा पुग्न चाहने यात्रुहरूलाई राहत दिने विश्वास गरिएको छ। प्रहरीले सेवा सञ्चालनमा कुनै अवरोध नहोस् भनी आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाएको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री