आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

आईजिआई पु्रडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २७औँ बार्षिक साधारण सभा आज अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाण्डौँमा सम्पन्न भएको छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभामा अध्यक्ष हेमराज ढकालले सम्पूर्ण शेयरधनीहरूलाई हार्दिक स्वागत गर्नुभयो। उहाँले बीमा नागरिकको जीवनसँग जोडिएको र अनिश्चित जोखिम न्यूनीकरणको भरपर्दो माध्यम भएको बताउनुभयो। विगत दुई दशकभन्दा बढी समयदेखि यस कम्पनीले नागरिकका जोखिम न्यूनीकरणमा सहजकर्ताको भूमिका खेल्दै अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँले जानकारी दिनुभयो।
समीक्षा वर्ष २०८०/०८१ मा निर्जीवन बीमा कम्पनीहरूले ४१.४७ अर्ब बीमाशुल्क आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.८% ले बढी हो। कुल गार्हस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३% र समग्र बीमा क्षेत्रको ३.४७% योगदान रहेको छ। यस कम्पनीले ३.६३ अर्ब बीमाशुल्क संकलन गरी गत वर्षको तुलनामा ७.१२% वृद्धि हासिल गरेको छ। साथै, आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा र गत वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको ९.७३६८% अर्थात् २९ करोड ४९ लाख ६१ हजार ५३० रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित भएको छ।
कम्पनीको आफ्नै जग्गामा निर्माणाधीन ११ तले भवनको काम अन्तिम चरणमा पुगेको छ र ६ महिनाभित्र सम्पन्न हुने अपेक्षा छ। आगामी वर्षदेखि विभिन्न प्रदेशमा पनि आफ्नै भवन निर्माणको योजना अगाडि बढाइएको जानकारी ढकालले दिनुभयो। सभामा पेस भएका सबै प्रस्तावहरू सर्वसम्मतिले पारित भएकोमा शेयरधनीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले ग्राहक, लगानीकर्ता, नियामक निकाय र कर्मचारीहरूको सहयोगले बीमा बजारमा अग्रणी स्थान बनाएको बताउनुभयो। कम्पनीले ७ प्रदेशमा ६९ शाखा/उपशाखा र १४ सेवा काउन्टरसहित ८३ स्थानबाट ५०१ कर्मचारी (४५.७९% महिला), ४०० अभिकर्ता र १९१ सर्भेयरमार्फत सेवा दिइरहेको छ। गत वर्ष ३.३९ अर्ब रहेको बीमाशुल्क समीक्षा वर्षमा ७.१२% ले बढेर ३.६३ अर्ब पुगेको छ। नेपाल सरकारलाई गत वर्ष ५९.२८ करोड कर तिरेकोमा यो वर्ष ३५.८०% ले बढेर ८०.५० करोड पुगेको छ।
श्रेष्ठले कम्पनीले नीति, नियम र नियामक निर्देशनको पालना गर्दै आन्तरिक नियन्त्रण र सूचना प्रविधिमा जोड दिएको बताउनुभयो। हाल निर्जीवन बीमा बजारमा कम्पनी चौथो स्थानमा रहेको र यसलाई अझ उकास्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो।
अन्तमा, अध्यक्ष ढकालले शेयरधनी, नेपाल सरकार, बीमा प्राधिकरण, ग्राहक र नियामक निकायहरूप्रति आभार व्यक्त गर्दै सभाको समापन गर्नुभयो।




























प्रतिक्रिया