सोमबार, १० कार्तिक २०८२

गार्डियन माइक्रो लाइफको आईपीओ बिक्री खुला

समयपोष्ट २०८१ मंसिर १९ गते ११:४०


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आजदेखि बिक्री खुला गरेको छ।

Advertisement

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। पहिलो चरणमा १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूका लागि छुट्याइएको छ।

शेयरको मूल्य १०० रुपैयाँ अंकित दरमा रहेको छ। आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ। आवेदन पुस ३ गतेसम्म खुला हुनेछ।

यदि यो अवधिमा छुट्याइएको सबै शेयर बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ।

आईपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक श्रमिकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री