सोमबार, ३ कार्तिक २०८२

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणको माग

समयपोष्ट २०८१ असोज १३ गते ११:२१

पर्साका उद्योगी–व्यवसायीले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणको माग गरेका छन् ।

मुलुकको प्रमुख औद्योगिक करिडोर वीरगञ्ज–गण्डक–पथलैयाका उद्योगबाट उत्पादन भएका सामग्री प्रदर्शन एवं प्रवर्द्धन गर्न त्यस्तो स्थल निर्माणको माग प्रदेश सरकारसमक्ष गरेका हुन् ।

Advertisement

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग शनिबार भेटमा उद्योगी–व्यवसायीहरूले पर्सामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणको माग गरेका वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले राससलाई बताउनुभयो ।

“सङ्घले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रका लागि आवश्यक पर्ने जग्गाको व्यवस्था मिलाइसकेको छ । प्रदेश सरकारले आवश्यक बजेट प्रबन्ध गरिदिएको खण्डमा निर्माण गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “प्रदेश सरकार र निजी क्षेत्र दुवैले हातेमालो गरेर अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउनुपर्छ ।”

प्रदर्शनीस्थल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न सुझाउँदै मुख्यमन्त्री सिंहले त्यसनिम्ति बहुवर्षे योजनाअन्तर्गत बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष अग्रवालले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित सामाग्री