विवाह नभई गर्भवती हुने हो कि भन्ने चिन्ता
समयपोष्ट
२०७५ असार ३ गते ७:५८
वीरे दी वेडिङकी नायिका स्वरा भास्करले भनेकी छन्, ‘विवाह बिना नै गर्भवती होइन्छ कि भन्ने कुराले म सारै चिन्तित हुन्थें ।’ उनी फिल्म हेर्थिन् । कतिपय फिल्ममा नायिकाहरू विवाहबिनै गर्भवती भएको देखाइन्थ्यो ।
त्यस्ता दृश्य देखेपछि स्वरा मनमनै कल्पना गर्थिन् ‘मेरो जीवनमा यस्तो घटना नघटोस् ।’
एक अंग्रेजी न्युजपोर्टलसँग कुरा गर्दै स्वराले भनेकी छिन्, ‘मलाई त्यतिबेला शारीरिक सम्पर्कबारे थाहा थिएन, म यति मात्रै सोच्थें मेरो जीवनमा पनि त्यस्तै भयो भने के गर्ने ?’ उनलाई अधिकांश निर्माताले दोस्रो हिरोइनको प्रस्ताव राख्ने गरेका छन् ।
प्रतिक्रिया