मंगलबार, ६ साउन २०८२

प्रभु म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा

समयपोष्ट २०८१ असोज २ गते ११:२०


प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा योजनाहरुले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेका छन्।

प्रभु सेलेक्ट फण्डले करसहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले करसहित ८.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

गत भदौ ३१ गते बसेको योजना व्यवस्थापक प्रभु क्यापिटलको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कोष प्रबर्द्धकमा प्रभु बैंक रहेको यी दुबै म्युचुअल फण्ड बन्दमुखी योजनाहरु हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री