सोमबार, ५ साउन २०८२

नेशनल लाइफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

समयपोष्ट २०८१ भदौ ३१ गते १७:०१

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरस्थित मिथिला यात्री निवासमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरेका मधेश प्रदेशका १५० भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख, र शाखा प्रमुखहरूको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको हो।

सम्मान समारोहको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा द्वीप प्रज्वलन गरेर गर्नुभएको थियो। कार्यक्रममा सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सदस्यता प्रदान गरियो, साथै मधेश प्रदेशबाट आफ्नो कोड र सञ्जालमा पहिलो, दोस्रो, र तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कार दिइयो।

खत्रीले नेशनल रत्न बन्न सफल अभिकर्ताहरुलाई नेशनल लाइफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र, र खादासहित सम्मान गर्नुभयो। कार्यक्रममा खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिने जानकारी गराउँदै, कम्पनीले अभिकर्ताको वृत्ति विकासलाई सधैं प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै, कम्पनीको योजना अनुसार प्रदेशस्तरीय सम्मान कार्यक्रमहरू आयोजना गर्दै जाने जानकारी दिइएको छ। यसै योजनाअन्तर्गत मधेश प्रदेशमा पहिलो पटक यो सम्मान कार्यक्रम गरिएको हो।

सम्मानित व्यवसायिक नेताहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएकोमा गर्व महसुस गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री