बुधबार, ५ कार्तिक २०८२

नेपालमा नवाजुद्दीन सिद्दीकी

समयपोष्ट २०८१ भदौ २२ गते १५:११

Advertisement

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन् ।

सिद्दीकीफिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार दिउँसो काठमाडौँ आइपुगेका हुन्। यो फिल्मको प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ भने भदौ २८ देखि प्रदर्शनमा आउँदैछ।

मीनबहादुर भामको निर्देशनमा बनेको फिल्म ‘शम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। हालै, यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री