बुधबार, ४ असार २०८२

शाइन रेसुङ्गा इमर्जिङ एशिया बैंकिङमा बेस्ट बैंक अवार्डबाट सम्मानित

समयपोष्ट २०८१ भदौ ९ गते १०:५१

Advertisement

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीन वटा अवार्डबाट सम्मानित भएको छ ।

इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा उक्त कम्पनीले नेपालबाट ‘बेस्ट बैंक’ सहित बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुंँदै तीन अवार्डबाट सम्मानित भएको हो ।

सो अवसरमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरे ।

उक्त अवार्डमा कम्पनीले हिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो ।अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो ।

Advertisement

जसमध्ये कम्पनीले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।उक्त अवसरमा भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकको प्रतिस्पर्धा थियो ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनी लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो ।कम्पनीको चुक्तापूँजी ४ अर्ब ७३ करोड छ । कम्पनीका लुम्बिनीमा ७२ सहित देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् ।

यसैगरी, एनआईसी एशिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटोगोरीमा अवार्ड पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री