शिखर इन्स्योरेन्सले एफपिओ जारी गर्ने
समयपोष्ट
२०७३ मंसिर १६ गते ८:३२
शिखर इन्स्योरेन्स कम्पनीले एफपिओ जारी गर्ने भएको छ। संचालक समितिको प्रस्ताव अनुसार साधारण सेयर हिस्सा ४० प्रतिशत पुर्याउन एफपिओ जारी गर्ने भएको हो । यसअघि कम्पनीले गत आवको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयरको घोषणा गरिसकेको छ।
आगामी पुस ८ गते शिखर इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारणसभा बस्ने भएको छ। सोही बैठकले संचालक समितिको निर्णयलाई पारित गर्नेछ।
अहिले उक्त इन्स्योरेन्स कम्पनीसंग ५० करोड चुक्ता पुँजी रहेको छ । लगानीकर्ताहरुलाई ६० प्रतिशत लाभांश दिएपछि कम्पनीको पुँजी ८० करोड पुग्नेछ । कम्पनीले सोही पुँजीको १० प्रतिशतको हाराहारीमा एफपिओ जारी गर्ने भएको हो।
प्रतिक्रिया