सोमबार, १० कार्तिक २०८२

नेशनल लाइफको ६० प्रतिशत हकप्रद स्वीकृत

समयपोष्ट २०७५ जेठ ६ गते ५:३१

नेपाल धितोपत्र बोर्डले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई ६० प्रतिशत हकप्रद जारी गर्न स्वीकृती प्रदान गरेको छ । कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता अनुपातमा ९९ लाख ३६ हजार ४७८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्राप्त गरेको हो ।

Advertisement

कम्पनीकाे हाल चुक्त्ता पूँजी एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ नाघ्नेछ ।

हकप्रद विक्रीका लागि कम्पनीले एनआइबीएल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । हकप्रद जारी गर्न अनुमति पाएसँगै कम्पनीले हकप्रद जारी गर्ने प्रकृया अगाडि बढाउने जनाएको छ ।

गत कात्तिक २७ गते हकप्रद जारी गर्न अनुमतिका माग्दै नियामक धितोपत्र बोर्ड निवेदन पेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री