बिहीबार, ८ साउन २०८२

हुण्डाइको ‘हुण्डाइको न्यु इयर डिलाइट’ अफर, गाडी खरिदमा पाँच लाखसम्म छुट

समयपोष्ट २०८० पुष १७ गते ९:०५

हुन्डाई अटोमोवाईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई लक्षित गर्दै‘हुन्डाई न्यु इयर डिलाइट’ योजना ल्याएको छ।

पुस १६ देखि देशैभरका शोरुमा सुरु भएको यो योजना अन्तर्गत हुण्डाइको गाडी छुट दिएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले पाँच लाखसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार सम्मको गो–ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा पाँच लाखसम्मको छुट प्राप्त गर्न सक्ने छ ।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

सबै हुण्डाइ आईसिई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभि गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछन्। यस स्किमबाट हुन्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयुभि तथा इभि गाडी खरिद गरि फाइदा लिन सकिनेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ भन्दा बढी चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री