शुक्रबार, ७ कार्तिक २०८२

‘नबिल ब्यालेन्स्ड फण्ड २’ले कात्तिक १ गतेदेखि प्रतिफल वितरण गर्ने

समयपोष्ट २०८० असोज २६ गते ९:३४

Advertisement

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड २’ले कात्तिक १ गतेदेखि आफ्ना इकाईधनीहरुको खातामा प्रतिफल जम्मा गर्ने भएको छ।
फण्डले असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा प्रतिफल जम्मा गर्न लागेको हो। फण्डले गत आर्थिक वर्षका लागि वितरण गर्ने घोषणा गरेको ९.६ प्रतिशत (कर सहित) प्रतिफल हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गर्नेछ।

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई शीघ्र अद्यावधिक गराउन अनुरोध गरेको छ। हितग्राही खातामा बैंक खाता अद्यावधिक भएपछि मात्र फण्डले सो इकाईधनीहरुको खातामा प्रतिफल जम्मा गर्नेछ।

फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। भने कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड रहेको छ। प्रतिफल वितरण प्रयोजनार्थ असोज २६ गते बुकक्लोज गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री