मंगलबार, ६ साउन २०८२

कामना सेवा विकास बैंक र मल्पी इन्टरनेसनल कलेजबिच छुट सम्झौता

समयपोष्ट २०८० असोज १९ गते १७:१७

कामना सेवा विकास बैंक र चक्रपथस्थित मल्पी इन्टरनेसनल कलेजबिच शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट हुनेछ। त्यस्तै बैंकका ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट हुने बैंकले जानकारी दिएको छ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यसबाट बैंकमा आबद्ध सबैले लाभ लिने बैंकले विश्‍वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री