सोमबार, ५ साउन २०८२

कुमारी बैंकलाई ऋणपत्र निष्काशनको अनुमति

समयपोष्ट २०८० असोज १६ गते १०:४७

नेपाल धितोपत्र बोर्डले कुमारी बैंक लिमिटेडलाई ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ ।

बोर्डले वार्षिक १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र निष्काशन गर्ने अनुमतिदिएको हो।

यस अनुसार बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ।

बोर्डले बैंकले असोज ८ गते ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो। ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गरिनेछ भने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री