पाल्पाको रामपुर र भक्तपुरको कौशलटारमा लक्ष्मी बैंकले खोल्यो नयाँ शाखा
समयपोष्ट
२०७३ कार्तिक ३० गते १२:५३
लक्ष्मी बैकले पाल्पाको रामपुर र भक्तपुरको कौसलटारमा दुर्इ शाखा संचालनमा ल्याएको छ। बैंकले मंगलवार एकै दिन दुर्इ शाखा संचालनमा ल्याएको हो ।
आर्थिक र व्यापारीक दृष्टिकोणले अगाडी रहेको रामपुर बजार र इमर्जिङ सहरको रुपमा रहेको भक्तपुरको कौसलटारमा शाखा विस्तार गरेको हो। यी दुबै शाखामा इन्टरनेट बैंकिङ्ग र मोबाइल बैकिङ सेवा दिने बैंकले जनाएको छ। यो शाखा विस्तारपछि बैंकको शाखा ५९ पुगेको छ । सन् २००२मा स्थापना भएको बैंकमा करिब पाँच सय कर्मचारी छन् ।
प्रतिक्रिया