आइएमई पे र अरोगीन हेल्थ केयर बीच सम्झौता ४५% सम्मको छुट
समयपोष्ट
२०८० जेठ १६ गते २१:०४
‘आइएमई पे’ र अरोगीन हेल्थ केयर बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५% सम्म छुट प्राप्त सकिने छ।
सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गर्नु भएको हो।
उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम ५% देखि ४५ % सम्म छुट प्रदान गरिने छ। सो छुट सिमित सेवालाई मात्र लागु हुनेछ।
प्रतिक्रिया