आइतबार, २३ वैशाख २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाहरूको आजदेखि अदालतमा बयान

समयपोष्ट २०८० जेठ १२ गते ९:११

Advertisement

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परेकाहरुको आजदेखि अदालतमा बयान सुरू हुँदैछ।

सो प्रकरणमा ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

सो प्रकरणमा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थहरू पक्राउ परेका छन् ।

उनीहरुले अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाएको आरोप छ।

Advertisement

उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहितविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री