प्रभु बैंकको पिओएसमार्फत् अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालनमा
समयपोष्ट
२०७९ चैत २ गते १९:३०
प्रभु बैंक लिमिटेडले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत आफ्नै पि ओ एस मेशिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको हो ।
बैंकले सञ्चालनमा ल्याएको पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी बैंकका सम्पूर्ण ग्राहकहरुले अधिकतम् लाभ लिने विश्वास लिएको छ ।
प्रतिक्रिया