मृत्युको मुखबाट बाँच्न सफल बलिउड स्टार्सहरु,सनी लियोनदेखि ऐश्वर्या सम्म (फोटोफिचर)
सोमबार फिल्मको लागि स्टंट गर्दै गर्दा भारतका दुई कन्नड़ एक्टर्सको मृत्यु भयो । उनीहरु कन्नड़ फिल्म मस्तीगुड़ी को शूटिंग गर्दै थिए । तर भारतिय कलाकारहरुको लागि यो पहिलो पटक भएको भने होइन । यसभन्दा अगाडी पनि बलिउडका कर्यौ स्टार्सहरु यस किसिमको हादसाको शिकार भएका छन् तर उनीहरु हालसम्म जिवितनै छन् ।
	 
सनी लियोनी
फिल्म ‘वान नाइट स्टैंड’ को शूटिंग गर्ने क्रममा सनी लियोनी पनि एउटा यस्तै हादसाको शिकार भईसकेकी थिइन् । एक रोमांटिक गितको लागि सनीलाई एक्टर तनुज विरमानीसंग बीचमा शूटिंग गर्नुपर्ने थियो । त्यस दिन मौसम एकदम खराब थियो र पनि उनीहरु शूटिंगको लागि तयार भए । फिल्म सुट गर्ने क्रममा सनी र तनुज दुबै समुद्रको तेज लहरसंगै बगे । फिल्मको टिमले दुईपटक उनीहरु दुबैलाई बाहिर निकाल्यो तर फेरी उनीहरु पानीमै बगे । पछि त्यहा भएको रेस्क्यू टीमले उनीहरुलाई पानीबाट बाहिर निकालेको थियो । र उनीहरु बाँच्न सफल भएका थिए ।
	 
	ऐश्वर्या राय 
	सन् २००४ मा ऐश्वर्या राय फिल्म खाकीको शूटिंगमा काम गर्दै थिइन् । सोहि समयमा एउटा अनकन्ट्रोल जिपले उनलाई ठक्कर दिएर भागेको थियो । जिपले ठक्कर दिएपछि राय सडक भन्दा केही तल झाडीमा गएर लडिन् । त्यसपछि उनलाई तुरुन्त अस्पतालमा लगेर भर्ना गरिएको थियो । 
	 
	
	अनु अग्रवाल
	१९९० मा रिलिज भएको फिल्म आशिकीकी अभिनेत्री  अनु अग्रवाल को  १९९९ मा  मुंबईमा कार एक्सीडेंट भएको थियो ।  घाईते भएकी उनी २९ दिनसम्म कोमामा रहेकी थिइन् भने कर्यौ महिना उनलाई रिकभर हुन लागेको थियो ।
	 
	
	  
	आयशा टाकिया
	फिल्म डोर को  क्लाइमैक्स  शूटिंग गर्ने क्रममा  आयशा लाई ट्रेन पक्डिनको लागि दौडिनुपर्ने थियो । ट्रेन पक्डिनको लागि दौडदा अचानक उनको खुट्टा चिप्लियो र तेज गतिमा आएको ट्रेन को साईडमा रहेको पटरीमा गएर   आयशा लडिन् । उनको खुट्टा पाइपमा पर्नाले गर्दा उनी घायल भएकी थिइन् ।
	 
	लारा दत्ता
	अंदाजको शूटिंगको क्रममा  लारा दत्ता एउटा चट्टानबाट चिप्लिएर समुन्द्रमा पछारीएकि थिइन् । त्यतिबेला अक्षय कुमारले उनको ज्यान बचाएका थिए । 
	 
	
	प्रिटी जिंटा
	मिडिया रिपोर्टको अनुसार एक पटक मात्र होइन दुईदुई पटक जिंटा बाल बाल बचेकी छिन् । जब उनी कोलम्बोमा फर्मम गरिरहेकी थिइन् तव फ्रण्ट रोमा बम ब्लाष्ट भएको थियो । दोस्रो पटक भने जब उनी थाईल्याण्डमा होलिडे मनाउदै थिइन् त्यतिबेला सुनामी आएर उनलाई चारैतिर पानीले घेरेकोे थियो । तर पनि उनलाई बचाईएको थियो ।
	 
	
	नरगिस दत्त
	फिल्म मदर इंडियाको एक सीन को शूटिंग गर्ने क्रममा नरगिस आगोमा  फसेकी थिइन् । त्यतिबेला उनलाई सुनील दत्त ले बचाएका थिए । त्यसको केही महिना पछि दुबैले विवाह गरेका थिए । 
	 
	जरीन खान
	 डेथ अफ अमर को शूटिंग को क्रममा राजीव खंडेलवाल र जरीन खान मृत्युको मुखबाट बचेका थिए । एउटा सिक्वेन्स गर्ने क्रममा उनीहरुको कार ट्रकसंग ठोकिएको थियो । यस क्रममा स्टार्स त बाचे तर क्यामेरा क्रुमेम्बरर्सहरु नराम्रोसंग घाईते भएका थिए ।
 




























 
	
प्रतिक्रिया