आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा
समयपोष्ट
२०७९ मंसिर १४ गते १९:१०
आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ ।
मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १०% छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र प्राप्त गर्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया