मंगलबार, १८ वैशाख २०८१

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता सम्पन्न

समयपोष्ट २०७३ कार्तिक २२ गते २:१५

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता सम्पन्न भएको छ । यो प्रतियोगिता ग्लेनेइगल्स डिजाइनको गोकर्ण गल्फ क्लबमा भएको हो । लक्ष्मी बैकले पहिलो पटक सौखिया खेलाडिकालागि यस किसिमको प्रतियोगिता आयोजना गरेको हो । जसले यस वर्षको नेपाली गल्फ प्रतियोगिता तालिकामा आफ्नो विषेश उपस्थिति जनाएको छ ।

Advertisement

प्रतियोगितामा महिला,पुरुष,बरिष्ठ एव कनिष्ठ गल्फ खेलाडी समेत गरि जम्मा एकसय जना खेलाडीहरुको सहभागिता रहेको छ । खेलकुदले खेल प्रेमीहरुमा एकता, अनुशासन र आत्मीयतालाई प्रोत्साहित गर्छ भन्ने उद्देश्यले लक्ष्मी बैंकले विभिन्न राष्ट्रिय र क्षेत्रिय स्तरका खेलहरुलाई प्रायोजन गर्नुका साथै ए डिभिजनको फुटबल टीमलाई पनि प्रायोजन गरेको छ ।लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले गल्फ प्रतियोगितालाई प्रायोजन गर्दै लक्ष्मी बैंकले नेपाली खेलकुद जगतमा आफ्नो उपस्थितिलाई अझ प्रगाढ बनाउने विश्वास लिएको वताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री