थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
समयपोष्ट
२०७९ असोज १२ गते १७:४४
पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित एक हजार १२२ जना रहेका छन् ।
प्रतिक्रिया