रणवीरलाई प्याकार्डको साथ, गराईन् न्यूड फोटोसुट
समयपोष्ट
२०७९ साउन २१ गते २०:५९
बलिउड अभिनेता रणवीर सिंहपछि ‘खतरों के खिलाडी १२’ फेम एरिका प्याकार्डले पनि सेमि न्युड फोटोसुट गराएकी छन् ।
प्याकार्डले सामाजिक सञ्जालमा आफ्नो सेमी न्यूड तस्बिर पोस्ट गरेकी छिन् । फोटोमा उनी निकै बोल्ड स्टाइलमा देखिएकी छिन् । एरिकाले यो फोटो सेयर गर्दै रणवीर सिंहको बारेमा पनि कुरा गरेकी छिन् ।
तस्बिर सेयर गर्दै एरिकाले क्याप्सनमा लेखेकी छिन्, ‘म यहाँ रणवीरलाई कम्पनी दिन्छु।’ फोटोमा एरिका टपलेस देखिएकी छिन् । उनले डेनिम जिन्स मात्र लगाएकी छन् । उनीसँगै उनले कपाल खोलेर पछाडिको तस्बिरमा क्लिक गरेका छन् । एरिकाको यो तस्बिर सार्वजनिक भएपछि नायिका चर्चामा आएकी छिन् । उनको यो पोष्टलाई लिएर मानिसहरुबाट विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् ।
एरिका एक भारतीय मोडल, अभिनेत्री र सोसल मिडिया इन्फ्लुएन्सर हुन्।
प्रतिक्रिया