मंगलबार, १८ वैशाख २०८१

महिला पुरुष मिलेर बस्न नसके सम्बन्धविच्छेद गरेर यसो गर्न पूर्व प्रधानन्यायाधीशको सुझाव

समयपोष्ट २०७४ फागुन २४ गते ५:५२

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनप्रतिनिधिको बजेट सदुपयोग गर्दै महिला शिक्षामा लगाउनुपर्ने बताउनुभएको छ ।

Advertisement

त्रिभुवन विश्वविद्यालय गृह विज्ञान केन्द्रीय विभाग तथा महिला अध्ययन कार्यक्रमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले राज्यले महिला शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । “हामी चेतनशील भएमात्र समाज परिवर्तन गर्न सक्छौँ,”– उहाँले भन्नुभयो ।

उहाँले महिला पुरुष मिलेर बस्नु राम्रो हुने भन्दै यदि बस्न नसके सम्बन्धविच्छेद गरेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । महिला अधिकारकर्मीले विभिन्न कारणले पीडित भएका महिलालाई आर्थिक सहयोग गरेर माथि उठाउनुपर्ने उहाँको भनाइ थियो ।

त्रिवि गृहविज्ञान केन्द्रीय विभागका प्रमुख मनसा थापा ठकुराठीले महिला दिवस एक दिनमात्र मनाएर नहुने भन्दै सकारात्मक परिवर्तनका लागि वर्षभरि नै प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । समान अधिकारका लागि महिला नै सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

गृह विज्ञान केन्द्रीय विभागका प्रा डा निर्मला उप्रेतीले समाजमा विभिन्न खालका चुनौती भएकाले त्यसलाई चिर्दै सरकारको आश नगरी व्यक्ति स्वयं आफैँले सक्रियता देखाउनुपर्ने बताउनुभयो ।

समान ज्याला, समान अधिकार, कामको निश्चित समय, काम गर्ने वातावरणको माग राख्दै अघि बढेको विश्व महिला मुक्ति आन्दोलन मार्च ८ अर्थात् आजका दिन १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा विश्वभर मनाइँदैछ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री