शुक्रबार, २१ वैशाख २०८१

नेपाल बैंकको वित्तीय विवरण उत्साहजनक

समयपोष्ट २०७८ माघ १० गते २०:०२

Advertisement

नेपाल बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ । प्रकाशित वित्तीय अनुशार नेपाल बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ ।

२७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक बृद्घि गरेको छ । निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत बृद्घि गर्न सफल यो बैंक गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बैंक बन्न सफल भएको छ । त्यसैगरि बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सो मुनाफा गत आ.व. सोहि अवधिकोे भन्दा करिब ५ प्रतिशतले बढि हो । बैंकको खुद् ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ ।

बैकले खराव कर्जाको अनुपातलाई पनि उल्लेखनिय रुपमा घटाउन सफल भएको देखिएको छ । गत आ.व.को दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आ.व.को दोस्रो त्रैमासमा त्यसमा उल्लेखनिय रुपमा कमि आई १.९१ प्रतिशत पुगेको छ । तसर्थ, समग्र वित्तीय परिसूचकहरुमा नेपाल बैंक उत्साहजनक रुपमा अगाढि बढिरहेको देखिन्छ ।

नेपाल अधिराज्यभरि २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रबिधिमार्फत बैंकिङ्ग सेवा सुबिधा प्रदान गर्दै गएको छ । विगत केहि बर्ष यता बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत देशका प्रायः सवै जिल्लाहरुमा प्रतिस्पर्धि बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Advertisement

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढदै गएको देखिन्छ । त्यसैले यो बैैक सबै पुस्ताको रोजाइको बैंक बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री