मंगलबार, १८ वैशाख २०८१

मास्क नलगाउनेलाई जरिवाना

पत्रपत्रिका २०७८ माघ ७ गते ७:४१

Advertisement

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनहरूले अनुगमन र कारबाही थालेका छन् ।

अनुगमनका क्रमममा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाहीसमेत गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाउने आठ जनालाई कारबाही गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले मास्क प्रयोग नगर्ने आठ जनालाई एक सय रुपियाँ जरिवाना गरिएको बताउनुभयो ।

नयाँबानेश्वर, मीनभवन र बबरमहललगायत क्षेत्रमा दिउँसो अनुगमन गरिएको पौडेलले बताउनुभयो । यस्तै सार्वजनिक स्थल तथा सवारीसाधनको पनि प्रशासनको टोलीले अनुगमन गरेको छ । अनुगमनलाई सचेतनाका रूपमा अघि बढाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।

उपाध्यायले भन्नुभयो, “अनुगमन निरन्तर भइरहेको छ । अब कडाइका साथ लागू गर्छौं ।” कोभिड–१९ को जोखिम दिनानु दिन बढ्दै गएपछि बजार, बसपार्क, सार्वजनिक स्थान, अस्पताल, सार्वजनिक यातायात, सपिङ मल, होटल, रेस्टुरेन्ट, खाजाघर र कार्यालयहरूमा समेत अनुगमन बढाइएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री