अभिनेता जोन अब्राहम दम्पतीलाई कोरोना
समयपोष्ट
२०७८ पुष १९ गते २०:१९
अभिनेता जोन अब्राहम दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जोनले आफ्नो इन्स्टाग्राम मार्फत आफु र पत्नी प्रियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
‘तीन दिन पहिले म एक ब्यक्तिको सम्पर्कमा आएको थिए’ उनले इन्स्टाग्राममा लेखेका छन् ‘पछि मात्र थाहा भयो उनी कोरोना संक्रमित रहेछन् ।’ पत्नी प्रिया र आफु होम क्वारेन्टाइनमा बसेको समेत उनले बताएका छन् ।
अहिले आफुलाई हल्का लक्षण मात्र देखिएको उनले बताएका छन् । आफुहरु भने कसैको सम्पर्कमा नआएको बताएका उनले सबैलाई सुरक्षित रहन अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया