घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा
समयपोष्ट
२०७८ मंसिर १० गते २०:१५
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भुसालले शुक्रबार साँझ चितवनबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने अड्कल गरिएको थियो ।
तर उनले एक कदम पछि हट्दै चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन् ।
प्रतिक्रिया