अन्तिम पटक नेता नेपालसंग छलफल गर्न पुगे प्रचण्ड
समयपोष्ट
२०७८ साउन १९ गते ११:०६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबिच आज पनि छलफल भएको छ ।
मंगलबार प्रचण्ड कोटेश्वरकै एक व्यवसायीको घरमा नेता नेपाललाई भेट्न पुगेका हुन् । नेपालको निर्णय नआएका कारण मन्त्रिपरिषद् विस्तार समेत रोकिएकाले आजको दुई नेताबीचको वार्तालाई निर्णायक मानिएको छ ।
आजको छलफलपछि माधव नेपालले सरकारमा सहभागिता नजाउने भएमा कांग्रेस, माओवादी र जसपाका मात्र मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरिने बताईएको छ ।
प्रतिक्रिया