मंगलबार, १८ वैशाख २०८१

एनआइसी एसिया बैंकले २६ प्रतिशत वोनस सेयर दिने

समयपोष्ट २०७३ असोज १९ गते ८:०१

 

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले २६ प्रतिशत वोनस सेयर दिने भएको छ । 

बैंकको १९औं बार्षिक साधारणसभाले  २६ प्रतिशत वोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले वोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको १५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै बैंकले सुगम तथा दुर्गम दुबैमा ४० वटा शाखा थप्ने योजना अगाडि सारेको छ ।

एटिएम पनि त्यही अनुपातमा थपिने बैंकले जनाएको छ ।

त्यस्तै चालु बर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ७००० भन्दा वढि बृक्षारोपण गर्ने बैंकले जनाएको छ । 

बैंकले कागज रहित कार्यालयको अवधकारणा अगाडि वढाउने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री