प्रधानमन्त्रीद्धारा पौडेल सम्मानित
समयपोष्ट
२०७८ वैशाख ६ गते १५:५३
प्रधानमन्त्री केपी शर्मा ओलीले जापान सरकारको ऋण सहयोगमा निर्माण सम्पन्न भएको पाटन माध्यामिक विद्यालयको सोमबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
१६ करोड दुई लाखको लागतमा निर्माण गरिएको सो अत्याधुनिक सुविधा सम्पन्न चारतले भवनमा २७ कोठा रहेका छन् । कार्यक्रममा भवन निर्माण कार्यमा निकै मेहनत गरेर छोटो अवधिमा निर्माण सम्पन्न गरेबापत खुसबु निर्माण सेवा प्रालि विराटनगरका प्रवन्ध निर्देशक दिपक पौडेललाई प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाल र नेपालीलाई समृद्धिको वाटोमा लैजान आफू प्रयत्नरत रहेको बताउनुभयो । कार्यक्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, ललितपुर महानगरका मेएर चिरीबाबु महर्जन लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया