धार्मिकस्थलमा २५ जना भन्दा बढी भेला हुन रोक, पार्टी प्यालेस, रात्रिकालीन व्यवसाय बन्द
समयपोष्ट
२०७८ वैशाख ६ गते ११:१७
सरकारले डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धार्मिक स्थलमा २५ जना भन्दा बढी भेला हुन समेत रोक लगाउने निर्णय गरेको छ ।
बैठकले स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया