आफ्नै बुवाले गरे ५ बर्षिया छोरी बलात्कार, आमाले दिईन् जाहेरी
समयपोष्ट
२०७७ फागुन १५ गते १२:२२
प्रहरीले आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ ।
फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।
प्रतिक्रिया