बैंक अफ काठमाण्डू लुम्बिनी बैंक लि को सेयर कारोबार सुरु
समयपोष्ट
२०७३ असोज १२ गते ८:४३
काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी बैंकको रोकिएको सेयर कारोबार बुधबारदेखि खुलेको छ ।
नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०लाई सेयर कारोबार खुलाईदिन पत्राचार गरेपछि मर्जरपछि बनेको बैंक अफ काठमाण्डू लुम्बीनीले सेयर कारोबार खुलाएको हो ।
मर्जरमा जाने सम्झौता गरेपछि गत पुस ९ गतेदेखि यी दुई बैंकको सेयर कारोबार रोकिएको थियो।
मर्जरपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
यो बैंकको सेयर कारोबार ‘बीओकेएल’को संकेत रहेको छ । बीओकेएलको प्रतिकित्ता सयरमुल्य ४९५ रुपैयाँ हुनेगरी मुल्य समायोजन भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया