मंगलबार, १८ वैशाख २०८१

मेथीका चार फाइदा 

समयपोष्ट २०७३ असोज ९ गते ८:४४


मेथी स्वस्थ्यको लागि अतिनै उपयोगि मसलाको रुपमा लिइन्छ । यसमा कार्बोहाइड्रेट,प्रोटिन,क्याल्सियम,फोस्फरस जस्ता पोषक तत्वहरु पाइन्छ ।

Advertisement

यसलाई दैनिक आहारमा प्रयोग गर्दा यसले औषधीको रुपमा काम गर्दछ । 

१.मेथी खानाले मुटुको रोग लाग्नबाट बच्न सकिन्छ ।

मेथीमा हुन गेलोक्टोमेननले मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउदछ । यसमा पाइने पोटासियमले हृदयको गति र रक्तचाप नियंत्रण गर्न सहयोगि भुमिका खेल्दछ ।

 २.मेथीमा पाइने फाइवर ,एन्टिअक्सिडेण्टले शरीरमा हुने हानिकारक विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्दछ । यसलाई अपच हुँदा र पेट दुख्दा प्रयोग गर्दा फाइदा हुन्छ ।

३.मेथीमा प्राकृतीक घुलनशील फाइवर पाइन्छ । यसले भोकलाई दबाउन मद्त गर्ने हँुदा वजन कम गर्न पनि मेथी प्रभावकारी मानिन्छ । 

४.मेथीलाई दैनिक प्रयोग गर्दा यसले ब्लड सुगरलाई नियन्त्रणमा राख्न सहयोग गर्दछ । यसमा हुने प्राकृतीक घुलनशील फाइवर र गेलोक्टोमेननले रगतमा सुगरको मात्रालाई नियन्त्रणमा राख्दछ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री