घरमै आइसोलेसनमा बसेकी ३६ वर्षीया महिलाको मृत्यु
समयपोष्ट
२०७७ मंसिर १७ गते ११:११
कोरोनाभाइरस संक्रमणका कारण एक महिलाको ज्यान गएको छ ।
कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा बसेकी शिवसताक्षी नगरपालिका झापाकी ३६ वर्षीया महिलाको मंगलबार निधन भएको हो ।
उनको मंगलबार एक्कासी स्वास्थ्यमा समस्या भएको र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया