पैदल यात्रुमाथि कार जोतियो
समयपोष्ट
२०७७ मंसिर १७ गते ८:२३
पश्चिमी जर्मनीको ट्रायर शहरको ‘फुटपाथ एरिया’ मा एक कार जोतिँदा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु भएको छ ।
५१ वर्षे स्थानीय कार चालकलाई पक्राउ गरिसकिएको छ । ती चालकले उल्लेख्य मात्रामा मदिरा सेवन गरेको बताइएको छ ।
अधिकारीले यो घटना राजनीतिक वा धार्मिक रुपमा प्रेरित भएको हो कि भन्ने आशंकामाथि काम नगरिरहेको बताएका छन् ।
शहरका मेयरले उक्त घटनालाई भयानक भनेका छन् । प्रत्यक्षदर्शीका अनुसार निकै तीबै गतिमा हुँइकिएको एसयूभीले कति पैदल यात्रुलाई हावामा समेत फालिदिएको थियो ।
घटना स्थानीय समयानुसार दिउँसो पौने दुई बजेको हो । घटनामा २५, ५२ र ७३ वर्षका तीन महिलाको ज्यान गएको छ भने ती बालिकाका ४५ वर्षे बुवाको पनि मृत्यु भएको छ । उनकी श्रीमती र उनका एक वर्षका छोरा घाइते भएका छन् ।
प्रतिक्रिया